मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सुलेमानीको शवयात्रामा भागदौड हुँदा दर्जनौँ मानिसको ज्यान गयो

सुलेमानीको शवयात्रामा भागदौड हुँदा दर्जनौँ मानिसको ज्यान गयो

पौष २२ काठमाडौं इरानमा अमेरिकी सेनाको हवाई आक्रमणमा इरानको अल कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी सैन्य आक्रमणमा मारिएपछि उक्त घटनाले विश्वभर चर्चा पाएको छ।

सुलेमानीको शव उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए। शवयात्रामा भागदौड हुँदा दर्जनौँ मानसिहरूको मृत्यु भएको खबर प्राप्त भएको छ।

मृत्यु हुने व्यक्तिको सङ्ख्या स्पष्ट भइनसकेको आपत्कालीन सेवाका अधिकारीहरूले दर्जनौँ मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।

इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।

सुलेमानीलाई बग्दाद विमानस्थलबाट बाहिरिन लागेका बेला शुक्रबार अमेरिकाले ड्रोन आक्रमण गरेर हत्या गरेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend