logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता भाेलिदेखि

    वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता भाेलिदेखि

    1.6K
    Shares
    वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता भाेलिदेखि

    काठमाडौं । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

    राजधानीमा शुक्रवार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिवार र आईतवार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लवको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लवले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लव सहभागी हुने छैनन् ।

    प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा संचालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स-२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend