काठमाडौँ । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पर्यटन उद्यमी प्रधानले विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको सो पार्टीले जनाएको छ ।