
तेहरान इरानको राजधानी तेहरानको इमाम खोमेनी विमानस्थल नजिक १८० यात्रु बोकेको विमान खसेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युक्रेनी विमान बुधबार बिहान दुर्घटना भएको हो।
तेहरानबाट युक्रेनको राजधानी उडेको बोइङ ७३७ जेट विमान केही समयमै खसेको बताइएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
बिमान दुर्घटनाको केहि घन्टा अघि मात्रै इरानले इराकमा रहेका दुई अमेरिकी सैनिक आधार शिविरमा एक दर्जनभन्दा बढि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको थियो।
गतसाता अमेरिकाले प्रमुख इरानी जर्नेलको हत्या गरेको बदलामा सो आक्रमण गरेको बताएको छ।बगदाद नजिकै रहेका ती शिविरमा गरिएको आक्रमणबाट कुनै अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट आइनसकेको तर त्यहाँका भवनहरुमा अहिले खोजि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।
गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएकाे छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend