logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • राष्ट्रिय रिङ रेस्लिङ आज

    राष्ट्रिय रिङ रेस्लिङ आज

    2.2K
    Shares
    राष्ट्रिय रिङ रेस्लिङ आज

    काठमाडौं । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ ।

    प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए।

    जसमा हेभीवेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले एक लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

    सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् । प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend