काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्।
भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः३० बजे दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका प्रधानमन्त्री प्रचण्ड इन्दौरमा विशेष आर्थक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर आजै नयाँ दिल्ली फर्कनेछन्।
नयाँ दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानमार्फत स्वदेश फर्कनेछन्।
जेठ १७ गते भारत भ्रमणमा निस्किएका प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु , प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गरेका थिए ।