
सुनौलो नेपाल /पौष २३- नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले भारतलाई कालापानीबाट आफ्ना सेना फिर्ता लैजाउ भन्ने साहसी प्रधानमन्त्री केपी ओली भएको बताएका छन्।
लामो समयदेखि भूमिगत र अर्धभूमिगत अवस्थामा रहेका सिंहलाई उनको पार्टीले टेलिभिजनमा जानसक्ने निर्णय गरेसंगै सुनौलो नेपालसंग कुरा गर्दै महामन्त्री सिंहले भने अहिलेसम्मका कुनै सरकारले पनि भारतलाई कालापानीबाट हट्नुपर्छ भन्न सकेका थिएनन ओलीले जुन साहस गरे त्यसलाई हामीले सकरात्मक रुपमा हेरेका छौ।
देशको अवस्था अझैपनि जटिल भएको भन्दै भारतले नेपालको कालापानी लगायतका भुमि समावेश गरेर आफ्नो नक्शा सार्वजनिक गरेको बताउदै भारत अमेरिका जस्ता देशहरुले अनेक प्रलोभन देखाई आफ्नो साम्राज्यवाद विस्तार गर्न जालो बुनिरहेका छन्। यो देशका लागि गम्भीर बिषय हो। नेपाली जनताको लामो संघर्षले प्राप्त भएको गणतन्त्र धर्म निरपेक्षतामाथि चौतर्फी हमलाहरु हुन् थालेका छन्।
त्यसै गरी एससीसी बारे उनले भने यो इन्डो प्यासिफिक रणनीति अन्तरगत यो क्षेत्रमा अमेरिकाको प्रभाव जमाउने उदेश्य सहित आएको हुनाले एमसीसी हाम्रो देशको सार्वभौमीकता राष्ट्रिय अखण्डता बिरुद्ध छ यसले हामीलाई अमेरिकी सैन्य क्याम्प मा लैजान्छ यो हाम्रो तटस्थ र स्वतन्त्र परराष्ट्र नीति बिरुद्ध छ ।
हेर्नुहोस सुनौलो नेपालक लागी महेश शर्माले मोहन विक्रम सिंहसंग गरेको कुराकानी भिडियो सहित
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend