बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको इरानको दावी, ट्रंपले भने – छिट्टै जवाफ दिन्छौँ

मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको इरानको दावी, ट्रंपले भने – छिट्टै जवाफ दिन्छौँ

पौष २३ काठमाडौं इरानी कमाण्डर कासिम सुलेमानी अमेरिकी सैन्य आक्रमणमा मारिएपछि विश्वभर युद्धको त्रास फैलिएको छ। यसैबीच इरानले बुधबार गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनका अनुसार इराकस्थित अमेरिकी सैन्य अखाडाहरूमा गरिएको मिसाइल आक्रमणमा ८० जना मारिएका हुन्।

इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा बुधबार बिहान दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो। क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका छन्।

अमेरिकी सेनाले आफ्ना इरानका सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि दुइ देशबीच तनाव सृजना भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट