
सुनौलो नेपाल/ चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आर्थिक सहायता स्वरुप कम्तीमा ५० करोड रुपैया उठाउने लक्ष्य सहित धनधान्याञ्चल महायज्ञको आयोजना गरीने भएको छ।
चितवनमा बन्न लागेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशालले आकार लिईसके पछि निर्माणमा आर्थिक समस्या नहोस् भनि रंगशालामै माघ १९ गते देखि २६ गते सम्म धनधान्याञ्चल महायज्ञको आयोजना गरिएको छ ।
धन-धन्यांचल समारोह समितिको आयोजनामा बाचन शिरोमणि दिनबन्धु पोख्रेलले बिशेष प्रबचन दिने उक्त महायज्ञको उदेश्य कम्तिमा ५० करोड रुपैया उठाउने रहेको छ ।
महायज्ञ उद्घाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरु उपस्थिती रहने र तिनै खेलाडीबाटै उद्घाटन गरीने धन-धन्यांचल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले सुनौलो नेपाललाई बताए।
धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको गत कार्तिकमा डीपीआर बनेपछि यतिबेला निर्माणको काम तिब्र गतिमा भईरहेको छ । आयोजना समयमै सम्पन्न गर्नको लागि आर्थिक अभाब हुन् नदिन फाउन्डेसनलाई व्यक्तिगत र सामुहिक सहयोगको अभियान पनि निरन्तर जारी छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend