काठमाडाैँ । प्रतिनिधि सभाको आज बैठक सुरु भएको छ । केही समय ढिलाई गरी बैठक सुरु भएको हो ।
आजदेखि सरकारले प्रस्तुत गरेको आर्थिक विद्येयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यद्यपि, विपक्षी दल नेकपा एमाले र राप्रपाले आज नागरिकता विद्येयक जारी गरिएको र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विरोध गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने जनाएका छन् ।