मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सोझा जनतालाई ऋण दिएर चर्को ब्याज सहित घर जग्गा कब्जा गर्ने खुंखार साहु रामबाबु पक्राउ

सोझा जनतालाई ऋण दिएर चर्को ब्याज सहित घर जग्गा कब्जा गर्ने खुंखार साहु रामबाबु पक्राउ

पौष २३ काठमाडौं चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा अत्याधिक रकमको तमसुक बनाउने सर्लाहीका रामबाबु यादव पक्राउ परेका छन्। ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा राख्ने तथा लाख दिएर करोडको तमसुक बनाउने गरेको आरोपमा यादव पक्राउ परेका हुन्।

आज (बुधबार) दिउँसो उनलाई सर्लाहीको बरथवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आफुहरु रामबाबु यादवबाट ठगिएको भन्दै केहि पीडितहरु समस्या सुनाउन महान्याधीवक्ताको कार्यालय सिंहदरबार पुगेका थिए।

प्रहरी महानिरिक्षक आइजीपी सर्वेन्द्र खनालले पीडितको समस्या सुनी तत्काल उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिएका थिए।

को हुन् रामबाबु ?

सोझा जनतालाई ऋण दिएर चर्को ब्याज सहित घर जग्गा कब्जा गर्ने रामबाबु राष्ट्रिय जनता पार्टी राजपाका केन्द्रिय सदस्यसमेत हुन्। उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा लडेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend