काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको प्रतिनिधि सभाको आजको बैठक भोलि सोमबारका लागि सारिएको छ ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी गराएको हो ।
आज बैठकको सुरुमै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध जनाएका थिए ।
विपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भएपछि दलहरुबीच भएको छलफलमा पनि कुनै सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची बमोजिम प्रतिनिधिसभामा आर्थिक विद्येयकमाथि छलफल अघि बढ्न सकेन् ।