शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

सन्तोष साहुखल बने सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा १०० गोल गर्ने पहिलो खेलाडी

सन्तोष साहुखल बने सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा १०० गोल गर्ने पहिलो खेलाडी

पौष २३ काठमाडौं सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। च्यासल क्लबका खेलाडी साहुखलले बुधबार नेपाल पुलिसक्लव विरुद्ध १००औँ गोल गर्दै १०० गोल गर्ने किर्तिमानी राख्न सफल भएका हुन्।

दशरथ रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लव विरुद्ध एक शून्यले पछि परेको अवस्थामा सन्तोषले टिमका लागि १७ औं मिनेटमा गोल गर्दै १०० गोल पुरा गरेका हुन्।

विसं २०६० सालमा थ्रीस्टार क्लबबाट ‘ए’ डिभिजन लिग यात्रा थालेका साहुखलले पहिलो वर्ष नै ६ गोल गरेका थिए। उनले २०६६/०६७ मा ‘ए’ डिभिजन लिगमा थ्रीस्टारबाटै सर्वाधिक १९ गोल गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend