logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुँदै

    कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुँदै

    2.1K
    Shares
    कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुँदै

    काठमाडौं । स्थानीय कला, संस्कृतीको जर्गेना गर्ने हेतुले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ ।

    कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रितिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    आगामी ४ देखि ६ असोजसम्म गरिने महोत्सव रेडचेरी मिडिया प्रालि र कर्णाली प्रदेश सरकारको सहकार्यमा महोत्सव आयोजना गरिन लागेको हो ।

    महोत्सव निर्देशक चक्रबहादुर चन्दले महोत्सवका सोमबार लोगो सार्वजनिक गर्दै स्थानीय कला र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।

    ‘प्रदेशलाई चिनाउने र छायांकन गन्तव्य बनाउनु पनि हाम्रो उदेश्य हो,’ उनले भने, ‘सिनेमाका माध्यमले पर्यटन प्रवद्र्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend