मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

राजकुमार ह्यारी र उनकी पत्नी मेगनद्वारा राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा

राजकुमार ह्यारी र उनकी पत्नी मेगनद्वारा राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा

पौष २४ काठमाडौं बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति जारी गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका हुन्।

यो घोषणा गर्नुपूर्व उनीहरूले राजपरिवारका कुनैपनि सदस्यसँग परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट “निराश” भएको बुझिएको छ।

गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमको आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए। अप्रत्याशित रूपमा निकालिएको आफ्नो विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend