logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सदनकाे बैठक सुरु हुन ३ घण्टा ढिलाइ, अनधिकृत व्यक्ति संलग्नता रहेको भन्दै विपक्षीको विरोध

    सदनकाे बैठक सुरु हुन ३ घण्टा ढिलाइ, अनधिकृत व्यक्ति संलग्नता रहेको भन्दै विपक्षीको विरोध

    1K
    Shares
    सदनकाे बैठक सुरु हुन ३ घण्टा ढिलाइ, अनधिकृत व्यक्ति संलग्नता रहेको भन्दै विपक्षीको विरोध

    काठमाडाैँ । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ ।

    बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै विपक्षी दलहरुले अडान लिएपछि बैठक ढिला सुरु भएको हो ।

    नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सभामुखबीच लामो छलफल भएपछि बैठक सुरु भएको हो ।

    बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर संसद् र नागरिकलाई लाजमर्दो बनाएको र देशलाई अर्बौँ रुपैयाँ घाटा भएको भन्दै आपत्ति जनाए ।

    गिरीले पोहोर पनि बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश भएको र यो वर्ष पनि त्यस्तै क्रियाकलाप भएको भन्दै अर्थमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा संसद् चल्न नदिने चेतावनी दिए। उनले संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णीम वाग्लेले नेपालमा विधि पुर्याएजस्तो गरेर र कानुन पालना गरेजस्तो गरेर अख्तियारले समेत समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको माहामारीले देशलाई खोक्रो बनाउन थालेको बताए ।

    उनले बजेट निर्माण अघि नै आफूहरुले अर्थमन्त्रीलाई सचेत गराए पनि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको खबर आएको भन्दै यसबारे जवाफ मागे ।

    तर, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भने गएको वर्षको फागुनमा सरकारले नै भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई नियुक्त गरेको र अहिले उनैलाई नै बजेट निर्माणमा सहभागी गराएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend