logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्वासको मत लिन फेरी प्रयास गर्छु: मुख्यमन्त्री कार्की

    विश्वासको मत लिन फेरी प्रयास गर्छु: मुख्यमन्त्री कार्की

    2.1K
    Shares
    विश्वासको मत लिन फेरी प्रयास गर्छु: मुख्यमन्त्री कार्की

    विराटनगर । अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन कोशिस गर्ने बताएका छन् ।

    सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने र विश्वासको मत लिने प्रयास सुरु गर्ने संकेत दिएका हुन् ।

    ‘आगामी आर्थिक वर्षको बजेट पनि आउँछ,’ उनले भने, ‘संवैधानिक र कानूनी हिसावले म अल्पमतमा पुगेको छु। विश्वासको मत लिने प्रयास गर्छु।’

    यस्तै, सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विश्वासको मत पाए बजेट ल्याउने बताए।

    ‘विश्वासको मत हामी फेस गर्छौं,’ उनले भने, ‘विश्वासको मत पायौं भने सरकार चल्यो। नभए अर्को विकल्पमा हामी जान्छौं। संसद फेस गरेरै बहुमत पुर्याउने कोशिस गर्छौं।’

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको कोशी सरकार अल्पमतको अवस्थामा पुगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend