काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशतबराबर (एक हजार रुपैँया सम्म) क्यासब्याक पाउन सकिने भएको छ ।
वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सिकिने आइएमई पे ले जानकारी दिएको छ ।