logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कालीकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

    कालीकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

    2.6K
    Shares
    कालीकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

    कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    कालीकोट प्रहरीका अनुसाररास्कोट नगरपालिका–२ सेरामा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिए ।

    दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । जिप सेरा बजारबाट कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको बताइएको छ ।

    जिप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend