logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सर्लाहीमा स्रोत नखुलेको १८ लाख रुपैँयासहित ४ जना पक्राउ

    सर्लाहीमा स्रोत नखुलेको १८ लाख रुपैँयासहित ४ जना पक्राउ

    2.5K
    Shares
    सर्लाहीमा स्रोत नखुलेको १८ लाख रुपैँयासहित ४ जना पक्राउ

    सर्लाही । सर्लाहीमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–११ स्थित कारसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कार चालक मकवानपुरको हैटौँडा उपमहानगरपालिका–३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका–१ का ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावाबेँसी गाउँपालिका–४ का ४४ वर्षीय विमल तामाङलाई पक्राउ गरिएको हो ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्बरको कारको डिकीमा राखिएको झोलाबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

    पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend