सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेकपामा पार्टी प्रवेशको लहर: बिप्लपका पोलिटब्युरो सदस्य नेकपामा प्रचण्डले गरे स्वागत

नेकपामा पार्टी प्रवेशको लहर: बिप्लपका पोलिटब्युरो सदस्य नेकपामा प्रचण्डले गरे स्वागत

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच उनी नेकपामा प्रवेश गरेका हुन् ।

चन्द समूहका कार्कीलगायत नेता, कार्यकतालाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडल, अग्नि सापकोटा, हितमान शाक्यलगायत उपस्थित थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्की केही समय यताउता अलमलिएर पनि मूलधर फर्किएकोमा खुसी व्यक्त गरे । कार्कीले जनयुद्धका समयमा उपत्यकामा बसेर जनयुद्ध कुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको दाहालले स्मरण गराए । उनले विप्लव पनि ढिलोचाँडो नेकपामा आउने दाबी गरे ।

चन्द समूहमा रहेकै बेला २०७५ साल चैत १ गते ललितपुरबाट पक्राउ परेका मोहन कार्की २०७६ साउन २१ गते रिहा भएका थिए। उनलाई अभद्र व्यवहारसम्बन्धी आरोप लगाइए पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि थुनामुक्त भएका थिए।

चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि कार्की लगायत थुप्रै उच्चस्तरका नेता पक्राउ परेका थिए। तर पक्राउपछि रिहा हुने कार्की उच्चस्तरका पहिलो नेता समेत हुन्।कार्कीले चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend