logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरिक्षणमा पुगे स्वास्थ्य मन्त्री बस्नेत

    हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरिक्षणमा पुगे स्वास्थ्य मन्त्री बस्नेत

    1.1K
    Shares
    हेटौडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरिक्षणमा पुगे स्वास्थ्य मन्त्री बस्नेत

    हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरिक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरूले दिइरहेकाे उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरिक्षणमा निस्केका हुन ।

    हेटौडा अस्पतालको आकस्मिक निरिक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरिक्षण पछि मन्त्री बस्नेतले देशभरिका अस्पतालहरूले १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए ।

    उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’ जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने बताए। निरिकक्षमा पुगेका मन्त्रीलाई हेटौडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए । त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।

    बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend