logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चालु खाता घाटा साढे ५४ अर्ब, शोधनान्तर बचतमा

    चालु खाता घाटा साढे ५४ अर्ब, शोधनान्तर बचतमा

    1.5K
    Shares
    चालु खाता घाटा साढे ५४ अर्ब, शोधनान्तर बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो ।

    वैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।

    समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड थियो ।

    गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ (इसीएफ) अन्तर्गत दोस्रो किस्ता वापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend