मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

उखु किसानलाई फेरी धोका, सहमति अनुसार मिल सञ्चालकले तिरेनन किसानको पैसा

उखु किसानलाई फेरी धोका, सहमति अनुसार मिल सञ्चालकले तिरेनन किसानको पैसा

पौष २६ काठमाडौं सरकारले बाँकी बक्यौता रकम उखु मिल सञ्चालकबाट जसरी पनि उपलव्ध गराइदिने विश्वास दिलाएपछि हसिलो मुहार बनाउँदै फर्किएका उखु किसान फेरी निरास भएका छन्। पुस २५ गतेसम्ममा मिल सञ्चालकले उखु किसानलाई भुक्तानी दिन बाँकी रहेको मध्ये ८० प्रतिशत रकम दिने बताए पनि सोहीअनुसारको भुक्तानी नपाएपछि फेरी एकपटक आफुले सरकार र मिल सञ्चालकबाट ढोका खाएको उनीहरुको भनाइ छ।

केहि समयअघि काठमाण्डौको माइतीघरमा आफुले पाउनुपर्ने रकम उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलन गरेका सर्लाहीका किसानको आन्दोलनपछि सरकार तथा चिनी मिल सञ्चालकले भुक्तानी दिन बाँकी मध्ये ८० प्रतिशत पुस २५ गतेसम्म र बाँकी रकम माघ ७ गते भित्र दिने सहमति गरेका थिए । तर उखु किसानले भने सहमति अनुसार भुक्तानी नपाएको बताएका छन् ।

करोडौँ रकम भुक्तानी दिन बाँकी रहे पनि मिल सञ्चालकहरुले किसानलाई झिनो मात्रामा रकम दिएर टार्न खोजेको किसानहरु बताउँछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend