logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानमन्त्री सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित: सचेतक बर्तौला

    प्रधानमन्त्री सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित: सचेतक बर्तौला

    1.3K
    Shares
    प्रधानमन्त्री सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित: सचेतक बर्तौला

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनको जिकीर थियो ।

    शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्‍याए ।

    उनले भने, ‘आज प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन । देशको हितमा होइन । विदेशी प्रभुहरु रिझाउने, सत्ता टिकाउने । अनि, व्यक्तिव्यक्तिका पछिपछि लागेर हिँडने तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ । उद्योग क्षेत्रको प्रवद्र्धन गर्न सरकार लाग्नु पर्छ नै ।’

    सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend