logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

    नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

    4.4K
    Shares
    नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

    काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।

    गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

    जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।

    नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।

    नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend