logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • शक्तिशाली बन्दै बिपरजोय चक्रवात, कहाँ कति असर पर्ला ?

    शक्तिशाली बन्दै बिपरजोय चक्रवात, कहाँ कति असर पर्ला ?

    3K
    Shares
    शक्तिशाली बन्दै बिपरजोय चक्रवात, कहाँ कति असर पर्ला ?

    नयाँ दिल्ली । भारतको मौसम पूर्वानुमान महाशाखाले बिपरजोय चक्रवात आगामी २४ घण्टामा अझै तीव्र हुने जनाएको छ । अरब सागरमा आएको यो शक्तिशाली आँधीका कारण आज गुजरातको तटीय क्षेत्रमा यसको प्रभाव देखिएको छ । वलसाडको समुन्द्री किनारमा शक्तिशाली छालहरू उठिरहेका छन् ।

    समाचार एजेन्सी एएनआईका अनुसार वलसाडका तहसिलदार टीसी पटेलले तिथल तटलाई पर्यटकहरूका लागि जुन १४ सम्म बन्द गरिएको छ। जुन १४ सम्म सौराष्ट्र-कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

    अर्कोतर्फ, गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ। गुजरातको हालको अवस्था अनुसार चक्रवातको प्रत्यक्ष खतरा नरहेको तर स्थिति बदलिएमा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

    मौसम विभागको मौसम मोडेलका अनुसार यो आँधी गुजरात हुँदै पाकिस्तानको तटतिर जाने सम्भावना छ । ईसीएमडब्लूएफको मौसमी मोडेलले चक्रवात पाकिस्तानको तट र गुजरातको तट तर्फ सरेको देखाउँदै छ, अर्थात् यो सम्पूर्ण गुजरात हुँदै जानेछ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend