logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • द्रुत आर्थिक समृद्धिका लागि अब सुरुङ युगमा जानुपर्छ: डा. स्वर्णिम वाग्ले

    द्रुत आर्थिक समृद्धिका लागि अब सुरुङ युगमा जानुपर्छ: डा. स्वर्णिम वाग्ले

    1.5K
    Shares
    द्रुत आर्थिक समृद्धिका लागि अब सुरुङ युगमा जानुपर्छ: डा. स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. स्वर्णिम वाग्लेले आर्थिक समृद्धिका लागि अब सुरुङ युगमा जानुको विकल्प नभएको बताएका छन् ।

    नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न आज बिहान पुगेका प्रतिनिधिसभा सदस्य वाग्लेले सुरुङ मार्गले आर्थिक क्षेत्रमा फड्को मार्न सहयोग पुर्‍याउने भएकोले यसको विशेष महत्व रहेको बताएका हुन् ।

    उनले सुरुङ मार्गले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने आवश्यकता औंल्याए । सो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ ।

    नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने उल्लेख गरे । सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनको भनाई छ ।

    रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका सांसद वाग्ले यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend