logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आठ सयले घट्यो सातामा सुनको मूल्य

    आठ सयले घट्यो सातामा सुनको मूल्य

    1.7K
    Shares
    आठ सयले  घट्यो सातामा सुनको मूल्य

    काठमाडौँ । सुनचाँदी महासङ्घले यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जनाएको छ ।

    महासङ्घका अनुसार गत साताको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ८०० रुपैयाँले सुनको मूल्य घटेको हो।

    छापावाल सुनको मूल्य गत साताको शुक्रवार तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म घटेर १ लाख १२ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

    यसैगरी, यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा २० रुपैयाँले बढेपछि यो साताको शुक्रवार १४ सय ५५ रुपैयाँ कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend