logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • पाल्पाबाट ३७२ बोरा भारतीय रासायनिक मल बरामद

    पाल्पाबाट ३७२ बोरा भारतीय रासायनिक मल बरामद

    3.4K
    Shares
    पाल्पाबाट ३७२ बोरा भारतीय रासायनिक मल बरामद

    पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको रम्भा गाउँपालिका–१, हुँगी पाल्पाबाट ३ सय ७२ बोरा अवैध भारतीय कम्पनीको रासायनिक मल बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले अवैध मलसहितको लु २ ख ३८१ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको जानकारी दिए ।

    उनले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२, शान्तिचौर कसियाबाट पाल्पाको रामपुर नगरपालिका बेझाडतर्फ मल लिएर गएको ट्रकलाई नियन्त्रणमा लिएको बताए ।

    हुँगी प्रहरी चौकीको टोलीले जाँच गर्दा ट्रकभित्र भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

    पाल्पाको हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धन गरिरहेको छ । नियन्त्रण लिएको ३ सय ७२ बोरा भारतीयय रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend