logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • हेटौँडामा वृद्ध दम्पती मृत फेला

    हेटौँडामा वृद्ध दम्पती मृत फेला

    1.7K
    Shares
    हेटौँडामा वृद्ध दम्पती मृत फेला

    मकवानपुर । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् ।

    हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend