logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • टोकियोको हानेदा विमानस्थलमा दुई वटा विमान एकआपसमा ठोक्किए

    टोकियोको हानेदा विमानस्थलमा दुई वटा विमान एकआपसमा ठोक्किए

    4.9K
    Shares
    टोकियोको हानेदा विमानस्थलमा दुई वटा विमान एकआपसमा ठोक्किए

    एजेन्सी । टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

    जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

    ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।

    विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend