logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • सुनकोशीमा बेपत्ता कर्मचारीको शव भेटियो

    सुनकोशीमा बेपत्ता कर्मचारीको शव भेटियो

    3.1K
    SHARES
    सुनकोशीमा बेपत्ता कर्मचारीको शव भेटियो

    काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव भेट्टिएको छ ।



    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ का ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जनाएको छ ।

    गत जेठ १९ मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो ।
    दुर्घटना हुँदा दुई जना कर्मचारी बेपत्ता भएका थिए ।

    शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

    प्र.३–०१–००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए।

    दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए। तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend