logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकारले फुकोट कर्णाली जलविद्युत आयोजना भारतलाई सित्तैमा सुम्पेर गल्ती गर्‍यो: ओली

    सरकारले फुकोट कर्णाली जलविद्युत आयोजना भारतलाई सित्तैमा सुम्पेर गल्ती गर्‍यो: ओली

    1.7K
    Shares
    सरकारले फुकोट कर्णाली जलविद्युत आयोजना भारतलाई सित्तैमा सुम्पेर गल्ती गर्‍यो: ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताएका छन् ।

    मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिर–मर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दूर्भाग्य भएको बताए ।

    ओलीले देशको दूर्दीन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए ।

    वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकीर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वभाविक भएको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरेपनि कमजोर बनाउन नसक्ने दावी गरे । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए ।

    उनले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिवद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगीसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पु¥याएका थियौं । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पु¥याएका थियौं । त्यो घटेर २ भन्दा तल आईसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के ग¥या छ ? युक्रेनको वारले हो ? अस्ती हाम्रा नदीहरु प्रचण्डजीले सित्तैमा दिएर आएको ? आफ्नो भूमिको बारेमा चुइक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा रागा ल्याए भनेर । त्यही पनि रागा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरुले त कुनै कुरै चलाउन सक्नुहुन्न । सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोष्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरु ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौं । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । यो त नयाँ कुरै होइन । अनि के गरेर आउनु भयो त ? दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदीरहेको नदीमै बाँध नबाँधिकन ४८० मेघावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले ते किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दूर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्तायस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुईक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरु बन्नु भएको देशको दूर्भाग्य हो । विकासको योजना छैन, सोच छैन । अव यिनीहरुले के देख्छन भन्दा, उनीहरुलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध एमाले अगाडि बढ्यो । म भन्न चाहन्छु–एमालेलाई कहीँकतै कसैले कुनै हिसावले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन । पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले फेरी जस्ताको तस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ यस देशका लागि । यस देशको सुन्दर भविष्यका लागि, हाम्रा सन्ततिका लागि ।’

    ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटक–पटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend