logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • मनाङविरुद्ध मछिन्द्रको पुनरागमन जित, संकटा र एनआरटीबीचको खेलमा बराबरी

    मनाङविरुद्ध मछिन्द्रको पुनरागमन जित, संकटा र एनआरटीबीचको खेलमा बराबरी

    1.7K
    SHARES
    मनाङविरुद्ध मछिन्द्रको पुनरागमन जित, संकटा र एनआरटीबीचको खेलमा बराबरी

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणमा मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पुनरागमनसहित ३–१ निकाल्दै सिजनको सुखद् टुङ्ग्याएको छ ।



    दशरथ रंगशालामा भएको खेलको १६औं मिनेटमा विजया श्रेष्ठले गरेको गोलसँगै मनाङले अग्रता कायम गरेको थियो । पहिलो हाफमा ०–१ को अग्रता लिएको मनाङले दोस्रो हाफमा दुई गोलको सामना ग¥यो ।

    ओलावाले आफिजको दुई गोलले ८०औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई बराबरीमा पु¥याए । त्यसको ६ मिनेट नपुग्दैँ विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए ।

    इन्जुरी समयमा ओलावालेले पुनः गोल गर्दै मछिन्द्रको पक्षमा ३–१ को जित सुनिश्चित गरे। जितसँगै २६ खेलबाट ४५ अंक जोडेको मछिन्द्रले उपविजेता बन्दै सिजन समापन गरेको छ। यसअघि लगातार दुई सिजन च्याम्पियन बनेको मछिन्द्र च्याम्पियन चर्च ब्वाइज युनाइटेडभन्दा तीन अंकले पछि धकेलियो ।

    यो सिजन ४८ अंक जोडेको चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बनिसकेको थियो। पराजित मनाङ २६ खेलबाट ३३ अंक जोडेर आठौं भएको छ।

    संकटा र एनआरटीको बराबरी

    आजै च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबले १–१ गोल बाढेका छन् ।

    पहिलो हाफको इन्जुरी समयमा नेल्सन कन्फोरले गोल गर्दै संकटालाई अग्रता दिलाए। निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा एनआरटीका लागि कप्तान विक्रम धिमालले बराबरी गोल फर्काए।

    बराबरी खेलसँगै एनआरटी ३४ अंक जोडेर छैटौं भएको छ।भने संकटा २६ खेलबाट ३३ अंक जोडेर लिगमा नवौं स्थानमा समेटिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend