logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधामन्त्रीले भारतकाे भ्रमणमा नेपाली भूमि सामेल भारतीय नक्शाबारे प्रश्न उठाएनन् : लिङ्देन

    प्रधामन्त्रीले भारतकाे भ्रमणमा नेपाली भूमि सामेल भारतीय नक्शाबारे प्रश्न उठाएनन् : लिङ्देन

    1.4K
    Shares
    प्रधामन्त्रीले भारतकाे भ्रमणमा नेपाली भूमि सामेल भारतीय नक्शाबारे प्रश्न उठाएनन् : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।

    अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्शा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

    पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे ।

    तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो । उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गरे ।

    उनले भने, ‘यो लडाईँ देश जोगाउने लडाईँ, धर्म जोगाउने लडाईँ, यो लडाईमा उभिनु पर्ने भयो । यसमा एकचोटी तपाईहरुको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु । तपाईहरुले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो । आज हेनुर््स्त, देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्तो प्रकारका छन ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरी उपलब्धि ठान्न थालेका छन । आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ । तपाईहरुले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोली तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरु बढेर गएको छ । कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ । यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नु हुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन । अर्को कुनै विकल्प छैन ।’

    अध्यक्ष लिङदेनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको बताए । उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने पटक–पटक दोहोर्‍याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend