logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

    महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

    1.8K
    Shares
    महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

    काठमाण्डौ । म्यानमारको यानगोनमा भएको एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पराजय हात पारेको । सो खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले पराजित भएको हो ।

    नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले यसपूर्वका खेलमा हार व्यहोरेको थियो। योसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ ।

    नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

    छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कपमा सहभागिता जनाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend