
पौष २७ काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई सम्झे मात्र पुग्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटर मा लेख्दै उनले पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति’ गरिरहनुनपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो,’ डा. भट्टराईले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘राम्रै भयो ! त्यहि रुपमा उनलाई सम्झे पुग्छ । धेरै धूपबत्ति गरिरहनुपर्दैन !’
पृथ्वीनारायण शाहले एक जना किशानको उखु चोरेर खाएको प्रसंग पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । ‘दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुसी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन, १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ, अर्कोतिर त्यसबेलाको चेतनामा संघीय राज्य सम्भव थिएन । गाली पनि नगरौं ।’
राम्रै भयो!त्यही रूपमा उनलाई सम्झे पुग्छ!धेरै धूपवत्ति गरिरहनुपर्दैन!दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्नवाध्य पृनाको आत्मालाई खुशीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२घण्टा काम गरेर देशलाई धनी बनाऊँ!अर्कोतिर त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव थिएन!गाली पनि नगरौं!
— Baburam Bhattarai (@brb1954) January 12, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend