मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

नेकपाले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनायो: काँग्रेस

नेकपाले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनायो: काँग्रेस

पौष २७ काठमाडौं – प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्नेबारे कुरा नमिलेपछि आज दिउसो दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।

यसैबीच नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ ।

सभामुखको टुंगो लगाउन नेकपा निरन्तर प्रयासरत रहे पनि सहमति भने जुट्न सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएपनि टुंगो लाग्न सकेन। बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि उपस्थित थिइन्। तर उनलाई राजिनामा गरि मार्ग प्रशस्त गर्न भनिए उनले राजिनामा दिन इन्कार गरिन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend