शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सुन्दर यातायात प्रालिको दुखेसो: थप विद्युतीय बस आयात गर्न बैंकले कर्जा दिएनन

सुन्दर यातायात प्रालिको दुखेसो: थप विद्युतीय बस आयात गर्न बैंकले कर्जा दिएनन

पौष २८ काठमाडौं- सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको लागि विद्युतीय बस सञ्चालनमा गरिरहेको छ । छिमेकी मुलुक चीनबाट सुन्दर यातायात प्रालिले सुन्दर यातायात ट्रेडर्ससँग विद्युतीय बस आयात गरि संचालनमा ल्याएको हो।

देशव्यापी रुपमा विद्युतीय बस संचालनमा ल्याउने उद्देश्यले सुन्दर यातायात प्रालिले अन्य विद्युतीय सवारी साधनको थप आयात गर्न खोजे पनि बैंकले कर्जा नदिएकोले आयात गर्न नसकिएको जनाएको छ। पौष २७ गते एक विज्ञप्ति जारि गर्दै प्रालिले सरकार मार्फत राष्ट्र राष्ट्र बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नुपर्छ भनि पटकपटक निर्देशन दिँदा पनि पालना नभएकोमा दुख व्यक्त गरेको छ।

बैंकका सञ्चालकहरुले सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यममा बोल्दा विद्युतीय सवारी साधनमा लगानी गर्छौ भनि ठूलो स्वरमा बोल्छन् त्यस्तै नेपाल सरकारको अर्थमन्त्री ज्यूबाट विद्युतीय सवारीसाधन लगानीमा केही समस्या भए हामीलाइ खबर गर्नस् भनेर भाषण मात्र गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ५ वर्षभित्र बैंकले गरेको लगानीको सबै किस्ता भुक्तानी गर्छौ भन्दा पनि लोन दिन बैंकहरुले कुनै चासो नदेखाएको प्रालिले विज्ञप्तिमार्फत जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend