
पौष २९ काठमाडौं कानुनको पालना गर्ने गराउने जिम्मेवारी लिएका व्यक्तिहरुले कार्यविधिनै मिचेर अत्याधिक सुरक्षाकर्मी व्यक्तिगत सुरक्षाका लागि राखेका छन्। सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यविधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । यसैगरी, पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्यविधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले १७, पुर्वप्रधानमन्त्री बाबुराम भट्टराइले ११, मन्त्रिपरिषदका पुर्वअध्यक्ष खिलराज रेग्मीले १० र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले १२ जना सुरक्षाकर्मी राखेका छन्।
कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल— ७७ जना
शेरबहादुर देउवा— ३८ जना
झलनाथ खनाल— १९ जना
माधवकुमार नेपाल— १७ जना
डा बाबुराम भट्टराई— ११ जना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी— १० जना
लोकेन्द्रबहादुर चन्द— १२ जना
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend