दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउन लागिएको बताएका छन् ।
बुधबार माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको तयारीका लागि नयाँ समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका हुन् ।
प्रचण्डले नयाँ समाजवादी मोर्चाबारे जानकारी दिँदै भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’
प्रचण्डले मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै अब नयाँ ढंगले समाजवादी क्रान्ति अगाडि बढाउने बताए ।