
पौष २९ काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सांसद भीम रावलले वर्तमान सरकार विदेशीको अगाडी झुकेको आरोप लगाएका छन्। उनले अनेक सहयोगको नाममा सैन्य गठवन्धन तयार गर्नका लागि आएको सहयोग लिन तत्पर रहने तर त्यो भन्दा धेरै कर छलीरहेकाबाट उठाउने कुरा सरकारले नगरेको भन्दै सरकारको आलोचना गरे।
सजाय पाएर अदालतबाट नै अरबौँ रकम उठाउन बाँकी रहेको छ राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले भने, आफ्नो खरबौँ रकम पानी बगेजस्तो बगेको छ तर सरकार ५५ अरबको लागि नेपालको इतिहासमानै कसैले नगरेको एउटा कुनै देशको सैनिक गठवन्धनमा जाने कुरा देशभक्त नेपालीलाई मान्य हुँदैन।
उनले देशका नीति निर्माताहरु यसरी देशको अहितमा एकपछि अर्को निर्णयहरु गर्दा इनिहरु यही देशका हुन् कि यहि देशको भनि अर्कैको स्वार्थमा काम गर्छन भन्दै प्रश्न गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend