
माघ १ काठमाडौं
एजेन्सी – रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले चीनलाई घेर्नका लागि अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिको अवधारणा अगाडी सारेको बताएका छन्। भारतको दिल्लीमा आयोजित राइसिना डायलोगमा बोल्दै लाभरोभले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यस्तो अवधारणा आएको बताएका हुन्।
मूढेबल लगाएर समतामूलक लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्न नसकिने बताए । उनले भने, ‘एसिया प्यासिफिकलाई किन इन्डो–प्यासिफिक भन्नुपर्यो ? यसको उत्तर स्पष्ट छ– चीनलाई बाहिर पार्न । कुनै पनि शब्दावली एकताबद्ध गर्ने किसिमको हुनुपर्छ, विभाजनकारी हुनुहुँदैन ।
बाहिर हेर्दा जति नै राम्रो लागे पनि वास्तवमा यो रणनीति चीनविरुद्ध भएको र यसमा अमेरिकाको स्वार्थ रहेकोले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend