काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका हुन् ।
सहप्रवक्ता अधिकारीले ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमुनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको जनाएका छन् ।
ती महिला अहिले सामान्य स्वास्थ्य अवस्थासहित चिकित्सकको निगरानीमा रहेको पनि उनले जनाए ।