सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

२० करोड घुस मागेको आरोप लगाउने दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति, प्रसाईं फरार

२० करोड घुस मागेको आरोप लगाउने दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति, प्रसाईं फरार

माघ २ काठमाडौं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

डा गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए। त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । चरित्र हत्या गर्न प्रसाईंले हुँदै नभएको कुरालाई कपोकल्पित तरिकाले कथा बनाएर गम्भीर आरोप लगाएपछि अदालत जानु परेको र हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग राखेर मुद्दा दर्ता गरेको उनको भनाई थियो।

प्रहरीले प्रसाईंको खोजि कार्य सुरु गरेको छ। यधपी उनि फरार रहेका छन्।

डा गिरीले द्वारिका होटलमा बोलाएर २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईंले लगाएका थिए। प्रसाईंले पनि डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी हालेका छन्।डा गिरीको सम्पत्ति छानबिन गरी कारबाही गर्नसमेत प्रसाईंको माग छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend