logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले किसानलाई समयमै मल तथा बिउबिजनको व्यवस्था मिलाउनु पर्छ: मेटमणि चौंधरी

    सरकारले किसानलाई समयमै मल तथा बिउबिजनको व्यवस्था मिलाउनु पर्छ: मेटमणि चौंधरी

    777
    Shares
    सरकारले किसानलाई समयमै मल तथा बिउबिजनको व्यवस्था मिलाउनु पर्छ:  मेटमणि चौंधरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौंधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

    प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    उनले भने, ‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन । किसानहरु आफ्नो पेशामा हतोत्साही छन । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुको लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सर्पोट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

    प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend