बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

चितवन दुर्घटना अपडेट: घाइतेमध्ये २ जनाको मृत्यु

चितवन दुर्घटना अपडेट: घाइतेमध्ये २ जनाको मृत्यु

माघ ३ काठमाडौं भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् । गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए ।

नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बस बिहान ११:१५ बजे ठक्कर खाएको थियो । ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । पर्यटक बोकेर बस सौराहा जाँदै गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend