logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकताविहीनहरुकाे आन्दोलनमा प्रहरी हस्तक्षेप

    नागरिकताविहीनहरुकाे आन्दोलनमा प्रहरी हस्तक्षेप

    1.6K
    Shares
    नागरिकताविहीनहरुकाे आन्दोलनमा प्रहरी हस्तक्षेप

    काठमाडौं। नागरिकताको माग राख्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत नागरिकताविहीन नागरिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले अन्तरिम अल्पकालीन आदेश दिएर रोक लगाउँदा आफूहरु नागरिकता पाउनबाट बञ्चित हुनुपरेको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गर्दै आइरहेको छ ।

    आजको प्रदर्शनमा भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।

    राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन बन्न पुगेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend