सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

राजधानीमा घन्कियो “एमसीसी तत्काल खारेज गर, नेपाललाई इराक बनाउन पाइँदैन” को नारा (भिडियोसहित)

राजधानीमा घन्कियो “एमसीसी तत्काल खारेज गर, नेपाललाई इराक बनाउन पाइँदैन” को नारा (भिडियोसहित)

माघ ४ काठमाडौं राजधानीमा एमसीसीविरुद्ध नारावाजी भएको छ। एमसीसीले देशको हित नगर्ने भएकाले यसलाई तत्काल खारेज गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलामा युवाहरुले नारावाजी गरेका हुन्।

“नेपाललाई इराक बनाउन पाइदैन”, “एमसीसी तत्काल खारेज गर” लगायतका नारा लगाउँदै प्रदर्शन भएको हो।

अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा मतहरु विभाजित देखिएका छन् । सरकार यसलाई पारित गर्ने पक्षमा देखिन्छ भने सत्तारुढ नेकपाकै कतिपय नेताहरु यसको विरोध गरिरहेका छन्।

उता प्रतिपक्षी काँग्रेस भने एमसीसी तत्काल पारित हुनुपर्ने पक्षमा छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend